प्रमुख समाचार

शिक्षक–अभिभावकहरुको सक्रिय सहभागीतामा ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियान अन्तर्गतको पहिलो जिल्लास्तरीय कार्यक्रम धनकुटामा सम्पन्न भएको छ । सामुदायिक भवनको हलमा सम्पन्न कार्यक्रममा जिल्लास्थित सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षाकर्मी, जिल्ला शिक्षा कार्यालयका कर्मचारी, स्रोतव्यक्तिलगायत शिक्षा सरोकारवालासहित ४ सयबढिको सहभागिता रहेको थियो । कक्षाकोठा केन्द्रित एक दिने अन्तरक्रियात्मक कार्यक्रममा शिक्षक र शिक्षा सरोकारवालाहरुका लागि निकै उपयोगी थियो ।

११ बुँदे संकल्प पत्र जारी गर्दै सामुदायिक विद्यालय सुधार, ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ शिक्षक उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।
विहिबार ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियान अन्तर्गतको अन्तरक्रियात्मक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो ।

जिल्लाको शैक्षिकस्तर बृद्धिमा शिक्षकलाई उत्प्रेरित गर्न सामुदायिक विद्यालय सुधार ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियान मोरङको विराटनगरमा सम्पन्न भएको छ । पुस ३ गते मोरङको बिराटनगरमा सम्पन्न अन्तरक्रियामा जिल्लाका अधिकांश प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत शिक्षा सरोकार पक्षहरुबीच कक्षाकोठाको सिकाई केन्द्रित अन्तरक्रिया सम्पन्न भएको हो ।

सामुदायिक विद्यालय सुधार अभियान ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अन्तर्गतको जिल्ला स्तरीय कार्यक्रम सप्तरीमा सम्पन्न भएको छ । अभियानलेसप्तरी कार्यक्रम पुसको १ र २ गते ‘महिला शिक्षकले चाहेमा गर्न सक्छन्’ नारासहित महिला शिक्षकहरुको भव्य र उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो । करिब १२ सयबढिको सहभागीता रहेको यस अन्तरक्रिया मुख्यतः कक्षाकोठा र महिला शिक्षकका समस्यामा केन्द्रित थियो ।

‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियान अन्र्तगतको स्रोतकेन्द्र स्तरीय कार्यक्रम बाह्रविसे स्रोतकेन्दस्थित महेन्द्र प्रताप माध्यमिक विद्यालय धुस्कुनमा शनिवार सम्पन्न भएको छ । ग्रामिण महिला सिर्जनशील परिवार सिन्धुपाल्चोकको मुख्य सक्रियतामा बाह्रविसे स्रोतकेन्द्रका शिक्षकहरुको सक्रिय सहभागिता थियो । शिक्षक, अभिभावक प्रतिनिधि र विद्यार्थीहरुको सहभागितामा रहेको अन्तरक्रियामा सवै सहभागी आफ्नो विद्यालयलाई कसरी सिकाई थलो बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित थिए ।

Page 1 of 3