Thursday, 08 October 2015 07:20

पाँचथरमा पाँच राम्रा पक्ष

१) जोशिला जिशिअः

पाँचथरका शिक्षा अधिकारी ज्ञानमणि नेपाल एउटै मिशन छ, विद्यालय तहको शिक्षा सुधार गर्ने । कार्यालय सयम बाहेक उनि साँझ, विहान समेत विद्यालय कसरी राम्रो गराउने भन्ने सपना कोरिरहेका हुन्छन् । विद्यालय निरीक्षक झै बिद्यालय कुदिरहेका हुन्छन् । जिल्लाका सरोकारवाला सबैलाई मिलाएर लैजान सक्ने खुबी उनिमा देखिन्छ । विद्यालय निर्वाध रुपमा खुल्नुपर्छ, शिक्षकले कक्षा कोठामा पूरा समय विताउनुपर्छ भन्ने मान्यता बोकेका नेपालले शिक्षक मादक पदार्थ सेवन गरी विद्यालय जाने चलनलाई रोक्न सफल भएका छन् । शिक्षकलाई ड्यूटीफूल बनाउन कक्षामा समय लक बुक डायरी लागू गरेका छन् । घण्टी पिच्छे शिक्षक कक्षामा प्रवेश गरेको, बाहिर निस्केको र कति समय बिताएको भनि विद्यार्थीले रेकर्ड लिने गर्दछ । शिक्षा अधिकारीले चाहेमा गर्न सक्छन् भन्ने नमूना पाँचथरमा देखिन्छ । विद्यालय सुधार गर्ने शैली ज्ञानमणी नेपालबाट धेरै शिक्षा अधिकारीले हिच्किीचाहट नमान्ने हो भने सिक्न सक्ने देखिन्छ ।

२) विद्यालय नमुना बनाउने अभियानः

जिल्लामा १३ वटा नमूना विद्यालय बनाउने अभियान शुरु भएको छ । अहिलेसम्म फिदिम उमावि, फिदिम, जनजागृती प्रावि, सालघारी, बिष्णु उमावि, च्याङथापु, थर्पु उमावि,थर्पु, निलगिरीउमावि, सुवाङ, खलङाटार उमावि, खलङाटार, सिद्ददेवी निमावि, नागिन, सिद्ददेवी निमावि, याङनाम, सिद्ददेवी उमावि, नवमीडाडा, लुम्फाबुङ मावि,लुम्फाबुङ, धुरविसे पञ्चमी उमावि, थापचेप, आरुबोटे उमावि, आरुबोटे, इन्द्रयणी उमावि, मउवा गरी १३ वटा विद्यालयहरु नमूनाको रुपमा घोषणा गरिसकिएको छ । विद्यालयको बाहिरी वातावरण, शैक्षिक सामग्री र बसाई व्यवस्था र शिक्षक दरबन्दीलाई मध्यनजर गर्दै सुधार गरिसकिएको छ । यि विद्यालयहरुमा कक्षा कोठामा हुने पठन पाठन क्रियाकलाप सुधार गर्दै सिकाई उपलब्धी बृद्धि गर्ने योजना गरिएको छ । अहिले जिल्लामा स्वेच्छिक रुपमा नमूना विद्यालय बनाउने सूचीमा विद्यालयहरुले नाम लेखाउन थालेका छन् ।

३) विद्यालय शान्ति क्षेत्रको अभ्यासः

पाँथचरमा विद्यालय शान्ति क्षेत्रको अभ्यास कार्यान्वयनमा आएको छ । यहाँका विद्यालयहरु बन्द हड्तालका समयमा निर्वाध रुपमा खुल्छन् । विद्यालय बन्द गराउँदै हिड्ने राजनैतिक समुहहरुलाई विद्यालय बन्द बिरुद्द उभिएका छन् । विद्यालय बन्द हुदा आफ्नै सन्ततीको पढाई बिग्रन्छ भन्ने बुझाई यहाँका राजनैतिक दल र पाँचथरबासीलाई भएको छ । यसैले होला विद्यालय शान्ति क्षेत्रको बिषयमा अनुसन्धान गर्न र अभ्यासबारे जान्न बुझ्न चाहने व्यक्तिहरु बाहिरी जिल्ला र विदेशबाट समेत त्यहा पुग्ने गर्दछन् ।

४) शिक्षा अधिकारी जस्ता सिडिओः

पाँचथरका सिडियो प्रदिपराज कडेल शिक्षा अधिकारीभन्दा फरक देखिदैनन् । अझै कहि कतैका शिक्षा अधिकारीले भन्दा उनले शिक्षाका मुद्दा बुझेको शैलीमा कुराकानी गर्छन् । अयिभानको कार्यक्रममा उनले गरेको अध्यक्षता, भूमिका र निर्देशन हेर्दा उनि शिक्षा अधिकारीभन्दा फरक देखिएनन् । अभियानका अभियन्ता तथा सूर्योदय शैक्षिक प्रतिष्ठानका अध्यक्ष हरि थापाले उनलाई शिक्षा अधिकारी भन्दा फरक नपाएको प्रतिक्रिया दिए । शिक्षा कार्यालयसँगको समन्वयले गर्दा हो या सिडियो नै शिक्षाको कार्यक्रमप्रति चासो देखाएर हो सिडियो कडेलमा शिक्षा अधिकारीको अनुहार देखियो ।

५) विद्यालय समायोजनको अभ्यासः

विद्यार्थी कम भएका विद्यालयलाई समायोजन गर्ने सरकारको नीति अनुसार पाँचथरमा विद्यालय समायोजनको फरक अभ्यास गरिदैछ । जिल्लामा ८ वटा विद्यालयलाई समायोजन गरिदै छ । जागृती प्राथमिक विद्यालयमा पुग्दा उक्त विद्यालयमा सिद्दकाली प्रावि, थाक्लेमा शून्य विद्यार्थी भएकोले र पञ्चकन्या प्रावि, कैजलेमा ९ विद्यार्थी भई समायोज गरिदै रहेछ । समायोजन भई टाढाबाट आउने विद्यार्थीका लागि आवासको व्यस्थापन गर्ने योजना गरिएको छ । एक विद्यार्थी, एक दाता अभियानलाई जोडन खोजिएको छ । विद्यार्थी शून्य भई समायोजन हुने विद्यालयका शिक्षकलाई कार्वाही स्वरुप घर पायक नपर्ने गरी सरुवा गर्ने तयारी भएको छ ।