Friday, 23 June 2017 07:00

Indradhanush II Episode 16 II विद्यालय व्यवस्थापन समिति कै ढाँचा फेर्नुपर्छ

सामुदायिक विद्यालयहरुले जहाँ राम्रो काम गरेका छन् त्यहाँ ब्यवस्थापन समितिको राम्रो सहयोग छ । समुदायले विश्वास गरेपछि विद्यालयहरु बिग्रने जोखिम कम हुँदोरहेछ । जहाँ समुदायको विश्वास छैन त्यहाँ विद्यालयहरु क्रमशः कमजोर बन्दै गइरहेका छन् । टेलिभिजन कार्यक्रम इन्द्रधनुषको यस अंकमा हामीले सामुदायिक विद्यालयहरु सुधार्न व्यवस्थापन समितिहरुले अब कसरी अगाडि बढ्नुपर्छ भन्ने विषयलाई प्राथमिकतामा राखेका छौं । सामुदायिक विद्यालय सुधारमा अभिभावकको रणनीति र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापासंगको विशेष कुराकानी यस अंकका प्रमुख आकर्षण हुन् । गुल्मीको एउटा विद्यालयले कसरी आफूलाई अब्बल बनायो, यो कथा पनि यस अंकमा सामेल छ । सगरमाथा टेलिभिजनमा प्रत्येक साता बिहिबार बेलुका ९ः३० बजे र शुक्रबार विहान ११ः३० बजे प्रशारण हुने यो कार्यक्रम हेर्न नभुल्नु होला ।

Media