Sunday, 11 September 2016 08:58

Gulmi District Program

सामुदायिक विद्यालय सुधार अभियान अन्तर्गत ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ पहिलो जिल्ला स्तरीय कार्यक्रम गुल्मीमा पनि सम्पन्न भयो । जिल्लाको शैक्षिक अवस्था झल्कने प्रतिनिधिमूलक विद्यालयको भिडियो अवलोकन पछि कक्षाकोठा केन्द्रित सहभागिमूलक छलफल उत्साहजनक थियो । दिनभरको छलफल शिक्षकका लागि सिकाईमूलक बन्यो । छलफलसँगै शिक्षकमा आफ्नो विद्यालय सुधार्ने  इख र जाँगर पलायो । तिनै शिक्षकका जिज्ञासा र समाधानसँगै उनीहरुमा पलाएको इख र  विद्यालय सुधार्ने अठोटसहितको दृष्यहरु यस भिडियोमा समेटिएका छन् ।

Media