Sunday, 11 September 2016 08:56

Ghorahi Program (TCMD)

दाङ जिल्लामा सामुदायिक विद्यालय सुधार अभियान,‘शिक्षकले चाहेमा गर्न सक्छन्’अन्तर्गतका घोराही र तुलसीपुरमा छुट्टा–छुट्टै २ वटा कार्यक्रम सम्पन्न भए । दाङको तुलसीपुर २०७१ भदौं २२ गते र घोराहीमा २३ गते कार्यक्रम सम्पन्न भए । दुवै कार्यक्रममा करीब ८(आठ) सय शिक्षक सहभागी थिए। कक्षाकोठा केन्द्रित दुवै कार्यक्रमबाट शिक्षकमा हौसला थप्न सकारात्मक सन्देश प्रवाह भएको बताए। कार्यक्रमपछि विद्यालयको गुणस्तरीय सुधार ल्याउनका लागि इख र जोश पलाएको प्रतिक्रिया दिएका शिक्षक सहभागीले विद्यालय सुधार्ने अठोट गरेका थिए। त्यस अन्तर्गत दाङको घोराहीमा भएको कार्यक्रमको भिडियो यहाँ हेर्न सक्नुहुनेछ ।

Media