Saturday, 03 September 2016 03:27

अभिभावकले चाहेमा गर्न सक्छन

सर्वाजनिक शिक्षा खस्कँदै जानुको पछाडिको रहस्य अभिभावकको सक्रियतामा आएको कमी पनि एक हो । जब कुनै वस्तुप्रति अपनत्व बोध हुदैन त्यसको रक्षा र उन्नति, प्रगति पनि हुदैन । त्यसैगरी सामुदायिक विद्यालयमा अभिभावकले आफ्नो भनेर अनुभूत गर्दैनन्, त्यसको प्रत्यक्ष असर विद्यालयमा देखिन्छ । तर जहाँ अभिभावक सक्रिय छन् । विद्यालयको रुपरंगमात्र हैन गुणस्तरीयतामा समेत सुधार देखिएको छ । त्यसै भन्नै पर्छ अभिभावकले चाहेमा गर्न सक्छन् । काठमाडौंको काँठमा अवस्थित गागफेदीको यस भिडियोले यसैलाई चरितार्थ गरेको छ । विद्यालय व्यवस्थापन समितिको सक्रियताले बदलिएको विद्यालयको एउटा नमुना ।

Media