Saturday, 03 September 2016 02:53

शिक्षणः सर्वश्रेष्ठ पेशा

प्रोफेसर मनप्रसाद वाग्ले विगत ४२ वर्षदेखि शिक्षण पेशामा हुनुहुन्छ । ३० वर्ष त्रिभुवन विश्वविद्यालयमा शिक्षण गर्नुभयो । विगत १२ वर्षदेखि काठमाडौं विश्व विद्यालयसंग आवद्ध डा. वाग्ले त्यहाँ डीन भएर पनि कार्य गर्नुभयो । शिक्षा क्षेत्रको अनुसन्धान र नीति निर्माणका बहसहरुमा उहाँ निरन्तर संलग्न हुनुहुन्छ । प्रमुख दैनिक पत्रिकाहरुमा सान्दर्भिक लेखहरु लेख्दै उहाँले शिक्षाका मुद्दाहरुलाई जनमानसमा बहसका विषय बनाइरहनु भएको छ । प्रस्तुत डिभिडी भिडियोमा उहाँले शिक्षण पेशाको गरिमा, शिक्षकले गर्नुपर्ने कार्यहरु, शिक्षण कला (पेडागोजी) लगायत अन्य सामयिक र व्यवहारिक कुराहरुको बुझिने ढंगले ब्याख्या गर्नुभएको छ ।

Media