Thursday, 01 September 2016 13:05

शिक्षकले चाहेमा गर्न सक्छन्

सामुदायिक विद्यालयहरुको गुणस्तरमा सुधार ल्याई युग सुहाउँदो, मानवीय, गुणस्तरीय र व्यावहारिक शिक्षा उपलब्ध गराउन शिक्षकहरु को मनोबल बढाउन सहयोग पुर्याइरहेको छ ।
२०६८ सालदेखि दोलखा जिल्लाबाट अगाडि बढेको यो अभियान देशका ३० भन्दा बढि जिल्लाका १५ हजार बढि शिक्षकलाई उत्प्रेरित गर्न सहयोग प’र्याइसकोे छ । यस अभियानले शिक्षासँग सम्बन्धित सरकारी तथा गैर सरकारी निकाय, अभिभावक र शिक्षाकर्मीमा सार्वजनिक शिक्षा स’धारका म’द्दामा बहस गर्दै सवैलाई एकत्रित गर्न महत्वप“र्ण सहयोग पुर्याइरहेको छ ।  शिक्षाको खस्कदो अवस्थाप्रति आलोचनामात्र भइरहेको बेला सामुदायिक विद्यालयहरुले सबैलाई मानवीय र गुणस्तरीय शिक्षा दिन सक्छन् भन्ने कुरा स्थापित  गर्न महन्वपूर्ण सहयोग प’र्याइरहेको छ । जसले गर्दा राम्रो काम गरिरहेका शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघ तथा अन्य सहयोगीहरुको हौसला बढेको छ । राम्रो गरौं भन्ने शिक्षकहरुलाई मार्गदर्शन मिल्ने र राम्रो गर्न नसकेका शिक्षकहरु विद्यालय सुधार्न क्रियाशिल बनाउँदै सामुदायिक विद्यालयहरुप्रति अभिभावक र विद्यार्थीमा देखिएको अविश्वास विश्वास मा परिणत हुँदै गएका छन् । जसबाट यो अभियानले सामुदायिक विद्यालयहरु नै नेपालको विद्यालय शिक्षाका मेरुदण्ड हुने मार्गमा बल पुर्याइरहेको छ  ।

Media