प्रमुख समाचार

विद्यालय बिगार्ने र सपार्ने शिक्षक नै हुन् । इष र योजना बोकेका मेहनती शिक्षकहरुले विद्यालयको गिर्दो अवस्थामा टेको लगाउन सक्ने रहेछन् । इष र योजना नभएका शिक्षकहरुले अरुलाई दोष दिएर विद्यालयलाई कहिल्यै उँभो लाग्न नसक्ने बनाउँदारहेछन् । एउटा विद्यालय सपार्ने र बिगार्ने प्रमुख व्यक्ति शिक्षक हो र त्यसमा पनि विद्यालयको प्रधानाध्यापक भन्ने निक्र्योल पछि हामीले एउटा अभियानको थालनी गयौं– ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ भनेर ।

कार्यालय सयम बाहेक उनि साँझ, विहान समेत विद्यालय कसरी राम्रो गराउने भन्ने सपना कोरिरहेका हुन्छन् । विद्यालय निरीक्षक झै बिद्यालय कुदिरहेका हुन्छन् । जिल्लाका सरोकारवाला सबैलाई मिलाएर लैजान सक्ने खुबी उनिमा देखिन्छ । विद्यालय निर्वाध रुपमा खुल्नुपर्छ, शिक्षकले कक्षा कोठामा पूरा समय विताउनुपर्छ भन्ने मान्यता बोकेका नेपालले शिक्षक मादक पदार्थ सेवन गरी विद्यालय जाने चलनलाई रोक्न सफल भएका छन् ।

हाम्रो विद्यालयको भौतिकवातावरण स्वच्छ, सफा, हराभरा र सुरक्षित बनाउने छौं । यसकालागि सम्पूर्ण पक्षसंगको सहयोग लिनेछौं । अभिभावकहरु र अन्यनिकायसंगको सहकार्यमा यो काम सम्पन्न गर्नेछौं ।

राम्रो गर्ने शिक्षकलाई सम्मान गर्रौ । राम्रो गर्नेबाट सिकौं । गर्न खोज्नेलाई सघाऔं । नगर्ने शिक्षकलाई गर्न बाध्य पारौ । नगर्नेहरु पछि पर्दै जान्छन् । आखिर सम्मान पाउने अधिकार गर्नेहरुको हो । त्यसैले गर्ने शिक्षकलाई सम्मान हुने अवसर र मञ्च दिऔं । अनुभव बाड्ने मौका दिर्औ । सामुदायिक विद्यालय सुधार अभियान, शिक्षकले चाहेमा गर्न सक्छन् अभियानले राखेको अपेक्षा यहि हो, जुन शिक्षकले गरेका छन् । यसै अपेक्षालाई पूरा गर्न शिक्षक, अभिभावक र शिक्षाकर्मीको अनुभवबाट सिक्ने र सिकाउनेहरुको साझा मञ्चको विकास अभियानले गरिरहेको छ । अभियान कहिले पूर्व, कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिणका जिल्ला पुग्छ । यसै क्रममा पाँचथर पुग्दा अभियानले ३३ सौं संस्करण पूरा गरिसकेको छ ।

न्युन विद्यार्थी उपस्थिति, प्रधानाध्यापकको अनियमित उपस्थिति, सहायक प्रधानाध्यापकमा जिम्मेबारी बोधको अभाव, एकले अर्कालाई दोषरोपण गर्ने, वहाना बनाउने परिपाटी र दायित्वबोधको अभावमा नागकन्या माविले आफूलाई अभिभावकविहिन टुहुरो जस्तै महसुस गरेको अवस्था थियोे, करिब ९ महिना अघि ।

Page 2 of 3